कैलालीबाट बाजुरा गइरहेको बस डोटीमा दुर्घटना, ३० जना घाइते

काठमाडौं – कैलालीको अत्तरियाबाट बाजुरा जाँदै गरेको बस डोटीमा दुर्घटना भएको छ।

सु प प्र ०१ ००१ ख ३१०८ नम्बरको बस आज बिहान करिब ५ बजे डोटीको पूर्वीचौकी गाउँपालिका-४ सानागाउँमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

बसमा सवार ३० जना घाइते भएकाे प्रहरीले जनाएको छ। केहीको अवस्था सामान्य छ भने केही गम्भीर घाइते भएका छन्। सामान्य घाइतेको स्थानीय क्लिनिक र अन्यलाई जिल्ला अस्पताल डोटी लगिएको छ। अहिलेसम्म कसैको मृत्यु भने पुष्टि नभएको प्रहरीले जनाएको छ।

उद्धार कार्य जारी रहेको र घटनाबारे थप जानकारी आउन बाँकी रहेको प्रहरीले जानकारी दिएको छ।

कमेन्ट गर्नुहोस्