मुस्लिम आयोगका अध्यक्ष अन्सारी प्रहरी नियन्त्रणमा

जनकपुर । स्थानीय चुनावमा पैसा बाँडेको आरोपमा मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीलाई प्रहरीले पक्राउ गरेको छ । जनकपुरधामस्थित सीताशरण होटेलबाट झोलासहित प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यलयका डीएसपी प्रदीपबहादुर क्षेत्रीको टोलीले अन्सारीलाई पक्राउ गरेको हो । प्रहरीले यस विषयमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।

कमेन्ट गर्नुहोस्