यस्तो छ आजको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी एक डलरको खरिद दर १२३ रुपैयाँ २९ पैसा र बिक्री दर १२३ रुपैयाँ ८९ पैसा रहेको छ।

यस्तै युरो एकको खरिद दर १३० रुपैयाँ १७ पैसा र बिक्री दर भने १३० रुपैयाँ ८० पैसा रहेको छ। यसैबीच बेलायती पाउण्ड एकको खरिद दर १५२ रुपैयाँ ४९ पैसा र बिक्री दर १५२ रुपैयाँ २३ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३३ रुपैयाँ ७६ पैसा र बिक्री दर ३३ रुपैयाँ ९३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

कमेन्ट गर्नुहोस्