आज थप ४ जनामा कोरोना, सक्रिय सङ्क्रमित सङ्ख्या एक सय ७३

काठमाण्डाै – पछिल्लो २४ घण्टामा चार जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी दुई हजार आठ सय १७ जनाको नमुना परीक्षण गर्दा चार जनामा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

थप १८ जना निको भएसँगै अब नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या एक सय ७३ जनामा झरेको छ । यही अवधिमा कोरोनाका कारण कसैको पनि ज्यान गएको छैन ।

यसैबीच पछिल्लो २४ घण्टामा २१ हजार एक सय ७९ जनाले कोरोनाविरुद्धको खोप लगाएका मन्त्रालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्