भरतपुरको पुलिस स्कुलबाट प्रचण्डले गरे पहिलाे मतदान

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मतदान गरेका छन्। उनले चितवनको पुलिस स्कुल शान्तिपुरबाट मतदान गरेका हुन्।

उनले भरतपुर-१४ स्थित पुलिस स्कुल शान्तिपुरबाट पहिलो मतदान गरेका हुन्। पाँचदलीय गठबन्धनबाट भरतपुरको मेयरमा रेणु दाहालको उम्मेदवारी छ।

यस्तै भरतपुरबाटै बागी उम्मेदवारी दिएर कांग्रेसको कारबाहीमा पर्दै स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेल लड्दै छन्।

कमेन्ट गर्नुहोस्