कांग्रेसले अवराेध गरेपछि स्थिति तनावपूर्ण, प्रहरीले चलायाे गाेली

दोलखाको वैत्यश्वर गाउँपालिकाका तीन मतदान केन्द्रमा तनाव सुरु भएको छ। नेपाली कांग्रेस निकटका स्थानीयले अन्य दल निकटका मतदातालाई मतदानस्थलमा जान बाटो अवरोध गरेपछि विवाद सुरु भएको छ।
वैत्यश्वरको गैरीमुदी, पुतलीकाठ र मझुवा मतदान केन्द्रमा विवाद हुदा मतदानको कार्य समेत प्रभावित बनेको छ । स्थिति नियन्त्रणका लागि प्रहरीले हवाइ फायर समेत गरेको छ। स्थिति नियन्त्रणमा लिनको लागि प्रहरीले हवाइ फायर गरेको छ ।

कमेन्ट गर्नुहोस्