दोलखामा कांग्रेस र एमालेबीच झडप, बुथ कब्जाको प्रयासपछि हवाइ फायर

काठमाडौं – दोलखाको बैतेश्वर गाउँपालिकाको मतदान केन्द्रमा तनाव भएको छ। पालिकाको वडा नम्बर १ र २ का मतदानस्थलमा दुई पक्षबीच झडप भएपछि हाल मतदान रोकिएको जिल्ला प्रहरी कार्यालय दोलखाका डिएसपी गंगा पौडेलले जानकारी दिए।

दुई पक्षबीच झडप भएपछि बुथ नै कब्जाको प्रयास भएको थियो। प्रहरीले हवाई फायरसमेत गरेको पौडेलले जानकारी दिए। कांग्रेस र नेकपा एमाले कार्यकर्ताबाट बुथ कब्जाको प्रयास भएपछि झडपको अवस्था आएको प्रहरीले बताएको छ।

सर्वदलीय बैठक बसेर पुनः मतदान सुरू गर्ने विषयमा छलफल भइरहेको छ । सर्वदलीय बैठकपछि पुनः मतदान सुरु हुनेछ।

कमेन्ट गर्नुहोस्