डडेल्धुरा पुगेर प्रधानमन्त्री देउवाले गरे मतदान

काठमाडौं । प्रधानमन्त्री शेरबाहादुर देउवाले आज (शुक्रबार) बिहान मतदान गरेका छन्

उनले डडेल्धुराको गन्यापधुरा गाउँपालिकाको रुवाखोलास्थित असिग्राम मावि मतदान केन्द्र (ख) बाट मतदान गरेका हुन ।

मतदानपछि कुरा गर्दै देउवाले सिंहदरबारकाे अधिकार गाउँगाउँमा पुगेको र निर्वाचन हुँदैन भन्ने शक्तिहरू पनि निर्वाचनमा सहभागी भएको बताए । स्थानीय तहको समृद्धि र विकासका लागि निर्वाचन महत्त्वपूर्ण भएकाले अहिले निर्वाचन भएको प्रधानमन्त्री देउवाकाे तर्क छ ।

सत्ता गठबन्धनले काँग्रेस कमजोर नभएको प्रधानमन्त्री शेरबाहादुर देउवाले बताए ।

कमेन्ट गर्नुहोस्