कांग्रेस गठबन्धनले थप बलियो : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले डडेल्धुराको गन्यापधुरा गाउँपालिका रुवाखोलास्थित असिग्राम मावि मतदान केन्द्र ‘ख’ बाट मतदान गर्नुभएको छ ।

मतदान गर्दै उहाँले सिंहदरबारका अधिकार गाउँगाउँमा पुगेको बताउनुभयो । स्थानीय तहको समृद्धि र विकासका लागि निर्वाचन महत्वपूर्ण रहेको उहाँको भनाइ छ ।

गठबन्धनले काँग्रेस कमजोर नभइ थप बलियो र सशक्त बनेको देउवाको दाबी छ ।

कमेन्ट गर्नुहोस्