साइत हेरेर भोट हालेका बालेन भन्छन्, ‘जित सुनिश्चित छ’

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साहले केहि बेर अघि मतदान गरेका छन् । उनले ११ बजेर ३ मिनेट जाँदा ज्योतिषशास्त्र अनुसार आफूले साइत हेरेर मतदान गरेको बताए।

काठमाडौंको गैरीगाउँस्थित अन्नपूर्ण बोडिङ स्कूल मतदान केन्द्रबाट बालेनले भोट हालेका हुन् । उनी काठमाडौं महानगरपालिका ९ का स्थायी बासिन्दा हुन् ।

‘एष्ट्रोलोजी विज्ञान हो आफै पनि एष्ट्रोलोजी हेर्छु। इन्जिनियरिङ सँगसँगै एष्ट्रोलोजी पनि अध्ययन गरेको हुँ।’ सञ्चारकर्मीलाई प्रक्रिया दिँदै साहले भने, ‘त्यसका आधारहरू हुन्छन्। वास्तुशास्त्र पनि हुन्छ। मैले सबै कुरा सोचेर मात्रै काम गर्छु। भएको कुरालाई विश्वास गर्ने नगर्ने भन्ने हुँदैन।’ ज्योतिष शास्त्र आफैमा विज्ञान भएकाले सबैले विश्वास गर्नुपर्ने साहले बताए। ‘ज्योतिष फिजिक्स हो। त्यो विज्ञान हो सबैले विश्वास गर्नु प¥यो नि?’ साहले भने।

कमेन्ट गर्नुहोस्