जनताले मैले गरेको पाँच वर्षको कामको मूल्यांकन गर्नुभएको छ : रेनु दाहाल

काठमाडौं- भरतपुर महानगरपालिको मेयर उम्मेदवार रेनु दाहालले जनताले आफूले पाँच वर्षमा गरेको कामको मूल्यांकन गरेको बताएकी छिन्। शुक्रबार मतदानपछि उनले आफू धेरै उत्साहित रहेको बताइन्। उनले विगतको कामको मूल्यांकन गर्दै भरतपुरको समृद्धिको लागि फेरि अवसर दिने विश्वास व्यक्त गरिन्।

‘विगत पाँच वर्ष महानगरपालिकाको समग्र विकासमा जनताप्रति उत्तरदायी भएर मैले काम गरेँ। त्यसको समग्र मूल्यांकन जनताले गर्नुभएको छ। त्यसलाई जनसमुदायले आत्मसात् गर्नुभएको छ’, उनले भनिन्।

उनले भरतपुर समृद्ध र देशकै नमुना सहर बन्ने सम्भावना रहेको भन्दै त्यही उद्देश्यका साथ आफ्नो उम्देवारी परेको बताइन्।

कमेन्ट गर्नुहोस्