सम्भव भए मतगणना आजै सुरु हुन्छ : प्रमुख निर्वाचन आयुक्त

काठमाडौं- प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले मतदान प्रक्रिया सकिएलगत्तै सम्भव भएका ठाउँमा आजै मतगणना कार्य प्रारम्भ हुने बताएका छन्।

आजै २० प्रतिशत स्थानको मतगणना सुरु हुने उनको भनाइ छ। शुक्रबार भक्तपुरको मध्यपुरथिमि–१ लोकन्थलीस्थित उपस्वास्थ्यचौकी मतदान केन्द्रबाट मतदान गरेपछि उनले सञ्चारकर्मीलाई प्रतिक्रिया दिएका हुन्।

‘७५३ मध्ये ७५२ स्थानीय तहमा मतदान भइरहेको छ। कपिलवस्तुको महाराजगंज नगरपालिकामा एक जना उम्मेदवारको देहान्त भएका कारणले जेठ ३ गतेका निम्ति सरेको छ’, उनले भने।

कमेन्ट गर्नुहोस्