बैतडीमा मतदातालाई पैसा बाँडिरहेका एमाले नता रंगेहात पक्राउ

बैतडीमा नेकपा एमालेका दुई जना कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्लाको मेलौली नगरपालिका –३ ढडौनमा पैसा बाँडिरहेको भन्दै स्थानीयले प्रहरीलाई खबर गरेपछि श्यामसिंह भण्डारी र मोहन भाटलाई सशस्त्र प्रहरीको मोबाइल गस्ती टोलीले नियन्त्रणमा लिएको सशस्त्र प्रहरी प्रमुख डीएसपी गणेश शाहले बताए ।

उनीहरूको साथबाट ६० हजार २ सय रूपैयाँ बरामद गरिएको उनले बताए । दुवैलाई निर्वाचन अधिकृतको जिम्मा लगाउने तयारी भइरहेको बताइएको छ । पक्राउ परेका भण्डारी र भाट नेकपा एमालेका कार्यकर्ता भएको प्रहरीले बताएको छ ।

कमेन्ट गर्नुहोस्