काठमाडौं- स्थानीय तहको निर्वाचन अन्तर्गत शुक्रबार मतदान भइरहेको छ। देशका ७५३ मध्ये ७५२ पालिकामा मतदान भइरहेको हो।
निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाका अनुसार दिउँसो ३ बजेसम्म झन्डै ४६ प्रतिशत मत खसेको छ। केही मतदान केन्द्रमा भने ७० प्रतिशत मत खसिसकेको उनको भनाइ छ। केहीमा भने अहिलेसम्म जम्मा १८/२० प्रतिशत मत खसेको उनको भनाइ छ।
निर्वाचन आयोगले बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म लाइनमा बसेका मतदातालाई मत खसाल्ने दिने भनेको छ।