मतदानकेन्द्र अपांगतामैत्री भएन : पूर्व निर्वाचन आयुक्त शर्मा

काठमाडौं । पूर्व निर्वाचन आयुक्त तथा पर्यवेक्षक इला शर्माले मतदानकेन्द्रहरु अपांगतामैत्री नभएको बताइकी छिन्।

निर्वाचन पर्यवेक्षणपछि आयोजित कार्यक्रममा उनले मतदानकेन्द्र अपांगतामैत्री हुने विषय आयोगमा पहिलेबाटै उठेको बताइन्।

‘केही ठाउँमा र्यावम्प बनाउने कुरा थियो। तर, एक ठाउँमा उकालोमा जाने र एक जनालाई तीन जनाले बोकेर अफठ्यारोसँग ल्याउनुपर्ने अवस्था थियो। त्यो हामीले देख्यौं,’ उनले भनिन्।

उनले चुनाव भने धेरै व्यवस्थित पाएको बताइन्। यो लोकतन्त्रका लागि सुखद कुरा भएको उनको भनाइ छ।

कमेन्ट गर्नुहोस्