उपत्यकामा ६ बजेदेखि सार्वजनिक सहित सबै यातायात खुल्ने

काठमाडौं – काठमाडौं उपत्यकामा साँझ ६ बजेदेखि यातायातका साधन सञ्चालन गर्न पाइने भएको छ ।

ट्राफिक प्रहरी महाशाखाले साँझ ६ बजेदेखि सार्वजनिक सहित सबैखाले यातायातका साधन सञ्चालन गर्न दिनेगरी निर्णय भएको जनाएको छ ।

महाशाखाका सहायक प्रवक्ता डीएसपी बालनरसिंह राणाले साँझ ६ बजेदेखि यातायातको साधन चल्न दिइने बताए । उनले आज दिनभरमा नियमविपरीत सञ्चालनमा आएका सवारी साधनलाई होल्ड गरिएको र ती सबै साँझ छाडिने बताए ।

कमेन्ट गर्नुहोस्