मतदानको समय सकियो, ६५ देखि ७२ प्रतिशतसम्म मत खस्ने आकलन

काठमाडौं । निर्वाचन आयोगले मतदानका लागि तोकेको समय सकिएको छ। आयोगले शुक्रबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्मका लागि मतदानको समय निर्धारण गरेको थियो।

तर आयोगले मतदान केन्द्रमा लाइनमा बसेका मतदाताले भने मत दिन पाउने बताएको छ। दिउँसो अवरोध भएका वा मौसमका कारणले मतदान केही समयपछिसम्म जारी रहने सम्भावना छ।

अपरान्ह ४ बजेसम्म ५५ प्रतिशत मतदान भएको आयोगको भनाइ छ। ६५ प्रतिशतदेखि ७२ प्रतिशतसम्म मत खस्ने आकलन गरेको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाको भनाइ छ।

मतदाताले योग्य व्यक्ति निर्वाचीत हुने र देशको विकाशको परिवर्तन ल्याउने आकलन गरेका छन् ।

कमेन्ट गर्नुहोस्