व्यासका स्वतन्त्र मेयर उम्मेदवार जोशीलाई उपचारका लागि काठमाडौं ल्याउने तयारी

तनहुँ । तनहुँको व्यास नगरपालिकाका स्वतन्त्र मेयर उम्मेदवार दीपकराज जोशीलाई थप उपचारका लागि काठमाडौं ल्याउने तयारी भएको छ ।

दमौली अस्पतालमा सामान्य उपचारपछि उनलाई थप उपचारका लागि काठमाडौं ल्याउन लागिएको हो ।

ब्यास नगरपालिका–८ मा मतदान केन्द्र निरीक्षण गर्न पुगेका उनीमाथि आक्रमण भएको थियो । उनले नेपाली कांग्रेसका कार्यकर्ताले कुटपिट गरेको आरोप लगाएका छन् ।

कांग्रेसले भने जोशीले मतपत्र च्यातेपछि स्थानीय बासिन्दाले नै आक्रमण गरेको बताएको छ । कुटपिटबाट जोशीको टाउकोमा चोट लागेको छ ।

कमेन्ट गर्नुहोस्