प्रचण्डद्वारा स्याङ्जा जीप दुर्घटनाका मृतकप्रति श्रद्धाञ्जली व्यक्त

काठमाडौं– स्याङजामा आज भएको जिप दुर्घटनामा १४ जनाको मृत्यु भएको छ ।

वालिङ नगरपालिका– १४ पञ्चमुल अर्खलबास स्थित भित्री सडक खण्डमा सिख्रेबाट तिवारी पसलतर्फ जाँदै गरेको ग२च ३०२६ नम्बरको जिप दुर्घटनामा परेको थियो। मतदाता बोकेको गाडी दुर्घटनामा परेको हो । १४ जनाको ज्यान जाने गरी भएको स्याङजाको घटनाप्रति माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुख व्यक्त गरेका छन् ।

आज सामाजिक सञ्जालमा प्रचण्डले उक्त घटनाले आफूलाई मर्माहत बनाएको बताएक छन् । दिवङ्गत सबैमा श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन् । उनले लेखेका छन्, – स्याङ्जाको वालिङ–१४, अर्खलबास भन्ने स्थानमा आज बिहान मतदाता बोकेको जीप दुर्घटना हुँदा १४ जनाको निधन भएको खबरले मर्माहत भएको छु । उक्त दुःखद् घटनामा दिवङ्गत हुनुभएकाहरू प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु ।

कमेन्ट गर्नुहोस्