प्रचण्ड र ओली दुबैले सम्बाेधन गरेकाे बेलाैरीमा ७४ प्रतिशत मतदान

बेलाैरी – कञ्चनपुरकाे बेलाैरी नगरपालिकामा ७४ प्,तिशत भन्दा बढी मत खसेकाे छ ।

माओवादी, एमाले र कांग्रेसकाे त्रिकाेणात्मक प्रतिष्पर्धा रहेकाे बेलाैरीमा कूल मतदाता संख्या ३४५८३ मध्ये २५७२८ मत खसेकाे हाे । याे कूल मतकाे ७४.३९ प्रतिशत हाे ।

बेलाैरीमा माओवादी केन्द्रले यसअघिकै मेयर पाेतिलाल चाैधरीलाई उम्मेद्वार बनाएकाे छ । एमालेले भने जिल्ला पार्टीकाे निर्णयविपरित कमला बाेहरालाइ उम्मेद्वार बनाएकाे छ ।

एमालेकाे सभामा अध्यक्ष ओलीले सम्बाेधन गरेका थिए भने माओवादीकाे सभामा अध्यक्ष प्रचण्डले सम्बाेधन गरेका थिए ।

कमेन्ट गर्नुहोस्