नयाँ दिल्लीमा भीषण आगलागी, २७ काे मृत्यु

नयाँ दिल्ली । नयाँ दिल्लीकाे मुन्डका क्षेत्रमा भीषण आगलागी हुँदा २७ जनाकाे मृत्यु भएकाे छ ।

दुर्घटनामा फसेका ५० जनाकाे सकुशल उद्धार गरिएकाे छ ।

भास्कर दैनिकका अनुसार कैयन मानिस अहिले पनि भवनभित्र फसेका छन् ।

दमकलका ३० गाडी आगलागी नियन्त्रणमा जुटेका छन् ।

घटनामा दमकल विभागका दुइजना उद्धारकर्मीकाे समेत निधन भएकाे छ । प्रधानमन्त्री नरेन्द्र माेदीले घटनाप्रति दुख व्यक्त गरेका छन् ।

माेदीले मृतक परिवारलाई २ लाख र घाईतेलाई ५० हजार राहत दिने घाेषणा गरेका छन् ।

मुंडकास्थित तीनतले भवनमा रहेकाे एउटा कार्यालयकाे पहिलाे तलाबाट आगलागी सुरु भएकाे थियाे । उक्त कम्पनीले अफिस भाडामा लिनेदिने कार्य गर्ने आजतकले जनाएकाे छ । प्रहरिले साँझ साढे चार बजेतिर सूचना पाएपछि उद्धार कार्य सुरु गरिएकाे थियाे ।

कमेन्ट गर्नुहोस्