चितवन अपडेट : राप्ती र इच्छाकामनामा एमाले, माडीमा माओवादी र खैरहनीमा कांग्रेसको अग्रता

चितवनमा भरतपुर महानगरबाहेकका पालिकामा अहिले मतगणना जारी छ। खैरहनी नगरपालिकामा कांग्रेसका मेयर उम्मेदवार अगाडि छन्।

१८७ मत गणना हुँदा कांग्रेस उम्मेदवार शशि खनियाँले ९३ मत पाएका छन् भने एमालेका लालमणि चौधरी ५९ मत पाएका छन्।

राप्ती नगरपालिकामा र इच्छाकामना गाउँपालिकाको अध्यक्षमा एमाले उम्मेदवार अगाडि छन्।

राप्ती नगरपालिमा ३०० मत गणना हुँदा एमालेका गोविन्दप्रसाद कँडेल १५२, गठबन्धनका तर्फबाट उम्मेदवार बनेका एकीकृत समाजवादीका शमशेर लामाले १०३ मत पाएका छन्।

इच्छाकामनामा २०० मत गणना हुँदा एमालेका दानबहादुर गुरूङले ९४ र कांग्रेसकी गीता गुरूङले ८० मत पाएकी छन्।

माडीमा ३५० गणना हुँदा माओवादी केन्द्रका ऋषि काफ्लेले १४३ र एमालेकी ताराकाजी कुमारी महतोले १२७ मत पाएकी छन्।

कालिका र रत्ननगर नगरपालिकामा पनि मतगणना सुरू भएको छ। भरतपुर महानगरको केहीबेरपछि मात्र मत गणना सुरू हुनेछ।

कमेन्ट गर्नुहोस्