रोल्पाको माडीमा एमाले–कांग्रस गठबन्धनसँग माओवादीले घटायाे मतान्तर

रोल्पा – रोल्पाको माडी गाउँपालिकामा माओवादी केन्द्रका उम्मेदवारले एमाले–कांग्रस गठबन्धनका उम्मेदवारसँगको मतान्तर घटाउँदै लगेका छन्।

माओवादी केन्द्रका नेता वर्षमान पुनको गाउँ यही गाउँपालिकामा पर्छ। गाउँपालिका अध्यक्षमा कांग्रेस–एमाले गठबन्धनका उम्मेदवार एमालेका विजयकुमार घर्ती मगरले ६ सय २७ मत प्राप्त गरेका छन्।

माओवादी केन्द्रका उम्मदेवार अमरसिंह घर्ती मगर यहाँ गठबन्धनका उम्मेदवार भन्दा ३ मतले मात्रै पछि छन्। उनले ६ सय २४ मत प्राप्त गरेका छन्।

माओवादी केन्द्र र कांग्रेस–एमाले गठबन्धनका बीच भएको तीब्र प्रतिसपर्धामा यसअघि कांग्रेस–उम्मेदवारले ८ मतको अग्रता लिएका थिए।

पहिलो पटक सार्वजनिक भएको मतगणनामा माओवादी केन्द्रका उम्मेदवार गठबन्धनका उम्मेदवार भन्दा ४४ मतले पछाडि थिए।

उपाध्यक्षमा र वडा नं १ वडाध्यक्षमा भने भने माओवादी केन्द्रका उम्मेदवार सुरुदेखि नै अगाडि छन् । माओवादी केन्द्रबाट उपाध्यक्षकी उम्मेदवार जयपुरी घर्तीले ६ सय २१ मत सहित अग्रता हासिल गर्दा कांग्रेस–एमाले गठबन्धनका उम्मेदवारले ५ सय ६८ मतसहित पछ्याइरहेका छन्।

वडाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार ६ सय ३८ मतसहित अगाडि छन् भने गठबन्धनका उम्मेदवार ६ सय २२ मतसहित प्रतिस्प्र्धामा छन्।

कमेन्ट गर्नुहोस्