दार्चुलाको अपिहिमाल १ मा गठबन्धन विजयी

दार्चुला, दार्चुलाको अपिहिमाल गाउँपालिका वडा नम्बर १ मा सत्तारुढ गठबन्धनका पोखरसिंह लोथ्याल प्यानलसहित विजयी भएका छन्। उनले १८३ मत पाएका छन् । प्रतिस्पर्धी नेकपा एमालेका भरतसिंह धामीले १५६ मत ल्याए। लोथ्याल कांग्रेसका तर्फबाट गठबन्धनका उम्मेदवार हुन्।

पालिकामा गठबन्धनको तर्फबाट अध्यक्ष माओवादी केन्द्रका भगतसिंह ठेकरे बोहोराले २०२ र एमालेका धर्मानन्द मन्यालले १२३ मत ल्याएका छन्। उपाध्यक्षमा कांग्रेसकी देवकी बोहोराले १६६ र एमालेकी उर्मीला बोहोराले १२१ मत ल्याएका छन्।

कमेन्ट गर्नुहोस्