दार्चुला, दार्चुलाको मार्मा गाउँपालिकामा माओवादी केन्द्रले सुरुआती अग्रता लिएको छ।
अहिलेसम्म प्राप्त परिणाम अनुसार, माओवादीका तर्फबाट अध्यक्षका उम्मेदवार जमन धामी २५१ मतसहित अघि देखिएका हुन । उनलाई नेकपा एमालेका देवसिंह महरले १३० मतसहित पछ्याइरहेका छन् । उपाध्यक्षमा कांग्रेसबाट शर्मिला सिंहले २०७ मत पाएकी छिन् ।