दार्चुलाको नौगाडमा गठबन्धनबाट माओवादीको अग्रता

दार्चुला । दार्चुलाको नौगाड गाउँपालिकामा गठबन्धनले प्रारम्भिक अग्रता लिएको छ ।

वडा नं. १ को अहिलेसम्म जारी मत परिणाम अनुसार, गठबन्धनका तर्फबाट दलजित सिंह धामीले ३३६ मत प्राप्त गरेका छन् ।

प्रतिष्पर्धि नेकपा एमालेका प्रेमसिंह धामीले २४० मत पाएका छन् ।

उपाध्यक्षमा एमालेका गौरादेवी ठगुन्नाले २१७ र गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार जगतसिंह ठगुन्नाले ३४४ मत पाएका छन् ।

वडामा समेत गठबन्धनका अध्यक्षका उम्मेदवारले ३४७ मत पाएका छन् भने एमालेले २२८ मत पाएका छन् । .

कमेन्ट गर्नुहोस्