पाल्पामा कांग्रेसले खाता खोल्यो, माथागढी ८ मा डिलबहादुरको प्यानल विजयी

पाल्पा — पाल्पाको माथागढी गाउँपालिका वडा नम्बर ८ बहादुरपुरमा नेपाली कांग्रेसको विजय भएको छ । कांग्रेसका उम्मेदवार डिलबहादुर ढेंगामगरले ४ सय १० मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी नारायणसिंह ठाडाले ३ सय ३४ मत ल्याए । महिला, दलित महिला र खुल्ला दुई सदस्यसमेत कांग्रेसकै प्यानल विजयी भएको निर्वाचन अधिकृतको कार्यालय माथागढीले जानकारी दिएको छ ।

बहादुरपुरबाट कांग्रेसबाट गाउँपालिका अध्यक्ष पदका उम्मेदवार सन्तोषकुमार थापामगरले ४ सय ५, उपाध्यक्ष विजया भट्टराईले ३ सय ९८ मत ल्याइएन् । निकतम् प्रतिद्वन्दी एमालेका अध्यक्ष उम्मेदवार यम चिदीले प्रमुखमा ३ सय ३४ र उपाध्यक्ष विष्णुमाया लुङ्चेले ३ सय ६ मत ल्याएकी छन् । पाल्पाको पूर्वखोला र रम्भामा पनि मतगणना सुरु भएको छ । वडा नम्बर १ सिलुवाबाट मतगणना सुरु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्