भीमदत्त नगरपालिकामा १ नं. वडाबाट मतगणना शुरु

महेन्द्रनगर, कञ्चनपुरको भीमदत्त नगरपालिकामा मतगणना सुरु भएको छ । निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार, वडा नं. १ बाट मतगणना कार्य सुरु भएको हो ।

भीमदत्त नगरपालिकामा नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच तालमेल भएको छ भने कांग्रेस, एमाले र राप्रपालगायतका दलहरुले पार्टीगत उम्मेदवारी दिएका छन् ।

नगर प्रमुखमा नेपाली कांग्रेस पदम बोगटीलाई अघि सारेको छ । एमालेबाट महेश पन्त र र राप्रपाबाट गजेन्द्र चन्द मैदानमा छन् ।

माओवादी र एकीकृत समाजवादीको गठबन्धनबाट मेयरमा एकीकृत समाजवादीका राजेन्द्र पाण्डे र उपमेयरमा माओवादीका कृष्णदत्त जोशी बोक्सर उम्मेदवार छन् ।

कमेन्ट गर्नुहोस्