कांग्रेस-एमाले गठबन्धन भत्काउँदै कुमाख-७ मा पनि माओवादी विजयी

सल्यान, सल्यानको कुमाख गाउँपालिकामा माओवादीले अर्को वडा समेत जितेको छ ।

पछिल्लो मत परिणाम अनुसार, माओवादी केन्द्रले वडा नंं ७ मा पुरै प्यानलसहित विजय हासिल गरेको हो । माओवादीबाट डम्बर शाही वडाध्यक्षका उम्मेदवार हुन ।

यसअघि सोही गाउँपालिकाको वडा नंं १ मा डिल्ली रानाले ६०८ मतसहित विजय हासिल गरेका थिए ।

कुमाख गाउँपालिकामा एमाले र कांग्रेसको गठबन्धन बनेको थियो ।

कमेन्ट गर्नुहोस्