मतगणना भइरहेका २१३ पालिकामध्ये १०४ मा कांग्रेसको अग्रता

काठमाडौं । स्थानीय तह निर्वाचनको मतगणनाको परिणाम आउने क्रम जारी छ ।

अहिलेसम्म २ सय भन्दा बढी पालिकामा मतगणना सुरु भएको छ । यीमध्ये कतिपयको प्रारम्भिक नतिजा सार्वजनिक भएको छैन । सार्वजनिक भएका २१३ स्थानीय तहमध्ये नेपाली कांग्रेसले १ सय ४ स्थानीय तहमा अग्रता लिएको छ भने २ स्थानीय तहमा जित हासिल गरेको छ । उसले उपमेयर, उपाध्यक्षमा ७६ स्थानीय तहमा अग्रता लिएको छ भने तीन उपमेयर, उपाध्यक्षमा जित हासिल गरेको छ ।

कांग्रेसपछि दोस्रो स्थानमा एमालेको ५८ पालिका रहेको छ । एमालेले अहिलेसम्म तीन तहमा विजय हासिल गरेको छ । एमालेका उपमेयररउपाध्यक्षमध्ये ६६ जनाले अग्रता लिएका छन् भने २ विजयी भएका छन् ।

नेकपा माओवादी केन्द्र तेश्रो स्थानमा रहेको छ । उसले ३२ स्थानीय तहका मेयर अध्यक्षमा अग्रता लिइरहेको छ भने ४० उपमेयररउपाध्यक्षमा अग्रता लिइरहेको छ ।

जसपाले ४, एकीकृत समाजवादीले ३ स्थानमा मेयरर अध्यक्षमा अग्रता लिइरहेको छ । एकीकृत समाजवादीका २ स्थानीय तह प्रमुखले विजय हासिल गरिसकेका छन् ।

कमेन्ट गर्नुहोस्