ललितपुरकाे गाेदावरीमा कांग्रेस-माओवादी गठबन्धनको अग्रता

 ललितपुरको गोदावरी नगरपालिकामा पनि माओवादी-कांग्रेसको गठबन्धन अघि देखिएको छ । गोदावरी नगरपालिकाकी निर्वाचन अधिकृत श्रद्धा रिजालका अनुसार गठबन्धनकातर्फबाट मेयरका उम्मेदवार गजेन्द्र महर्जनले ६ सय २५ मत ल्याएका छन् भने उपमेयरकी उम्मेदवार मुना अधिकारीले ६ सय २६ मत प्राप्त गरेकी छिन् ।

एमालेका मेयर उम्मेदवार गम्भीर रानाले ४ सय ५३ मत पाएका छन् भने उपमेयरकी उम्मेदवार रमि प्रधानांगले ४ सय ५२ मत पाएकी छिन् ।

कमेन्ट गर्नुहोस्