भरतपुर महानगरपालिकाको मतगणना शुरु

चितवन । भरतपुर महानगरपालिकाको मतगणना शुरु भएको छ । यस अघि मतगणना ९ बजेबाट शुरु गर्ने तयारी मुख्य निर्वाचन अधिकृतको कार्यालयले गरेको थियो । तर दलका प्रतिनिधहरु ढिला आएपछि मत गणना केहीबेर अगाडीबाट शुरु भएको हो ।मतगणना चितवन प्रदर्शनी केन्द्र भरतपुर दुरसंञ्चार रोडमा थालिएको छ । भरतपुर महानगरको मेयर पदमा सत्तारुढ गठबन्धनबाट रेनु दाहाल र उपमेयरमा चित्रसेन अधिकारी प्रत्यासी छन् भने एमाले र राप्रपाको गठबन्धनबाट मेयरमा विजय सुवेदी र उपमेयरमा राप्रपाका हिमाल गुरुङ चुनावी प्रतिष्पर्धामा छन् ।

कमेन्ट गर्नुहोस्