राेल्पा, राेल्पाका सबै स्थानीय तहमा माओवादी केन्द्रले अग्रता लिएकाे छ ।
जिल्लाका १० वटै पालिकामा माओवादीले एकल उम्मेदवारी दिएकाे थियाे ।
माओवादीविरुद्ध, कांग्रेस, एमाले विप्लव नेतृत्वकाे नेकपन र जनमाेर्चाकाे गठबन्धनले प्रतिष्पर्धा गरिरहेकाे छ ।
हालसम्म जारि मत परिणाम अनुसार माओवादी केन्द्रले ७ वडामा जितेकाे छ ।
यसअघिकाे निर्वाचनमा एमालेले दुई र कांग्रेसले एक तहमा जितेकाे थियाे । यसपटक भने प्रारम्भिक मत परिणाम हेर्दा तीतहमा समेत माओवादीकाे अग्रता देखिन्छ ।
माओवादीले दशवटै पालिकामा जित्ने दावी गर्दै आएकाे छ ।