मनाङ ङिस्याङ गाउँपालिकामा एमालेको जित

काठमाडौं– गण्डकी प्रदेशको मनाङस्थित मनाङ डिस्याङ गाउँपालिकामा नेकपा एमालेले जित हासिल गरेको छ। गाउँपालिकाको अध्यक्ष पदमा एमालेका उम्मेदवार कान्छा घलेले विजयी बनेका हुन्। अध्यक्षमा जित हासिल गरेका घलेले ८ सय ६१ मत प्राप्त गरेका छन्।

उनका प्रतिद्वन्द्वीका रुपमा देखिएका नेपाली कांग्रेसका उम्मेदवार छिरिङ ओङमा गुरुङ (घले)ले ७ सय १३ मत प्राप्त गरे।

अध्यक्ष पदमा निर्वाचित भएका घले यसअघि पनि गाउँपालिकाको अध्यक्ष नै थिए। त्यस्तै, उपाध्यक्षमा पनि एमालेकै समर्थनमा उठेका स्वतन्त्र उम्मेदवार छिरिङ गुरुङले जित हासिल गरेका छन्।

उनले ७ सय ४४ मत ल्याएका छन्। उनका प्रतिद्वन्द्वीका रुपमा देखिएका नेपाली कांग्रेस उम्मेदवार रिन्जेन धोर्जे गुरुङले भने ७ सय ११ मत ल्याएका छन्।

कमेन्ट गर्नुहोस्