प्यूठान– प्यूठान जिल्लाको प्यूठान नगरपलिकाको वडा नम्बर १ को वडाध्यक्षसहित सदस्य पदमा सत्ता गठबन्धनको प्यानल नै विजयी भएको छ।
प्यूठान १ को वडाध्यक्षमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी उम्मेदवार साधना राउत विजयी भइन्।
उनले ९५३ मत प्राप्त गरेकी छन्। त्यस्तै, उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार गोविन्द बस्नेतले ७०१ मत प्राप्त गरेका छन्।