उपमेयरमा सुनिता डंगोलको अग्रता

काठमाडौं महानगरपालिकाको उपमेयरमा नेकपा एमालेकी सुनिता डंगोलले सुरुवाती अग्रता लिएकी छन्। १ सय ७० मत गणना हुँदा डंगोलले ५७ मत प्राप्त गरेकी छन्।

यस्तै एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले २३ मतसहित डंगोललाई पछ्याइरहेका छन्। श्रेष्ठ गठबन्धनबाट उपमेयरका उम्मेदवार हुन्।

मेयरमा भने बालेन शाहले सुरुवाती अग्रता लिएका छन्। शाहले ७२ मत प्राप्त गर्दा नेपाली कांग्रेसकी सिर्जना सिंह ७० मतसहित दोस्रो स्थानमा छन्।

नेकपा एमालेका केशव स्थापित ५९ मतसहित तेस्रो स्थानमा छन्।

कमेन्ट गर्नुहोस्