काठमाडौं– दाङको दंगीशरण गाउँपालिका वडा नम्बरमा १ मा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ।
वडा अध्यक्षमा नेपाली कांग्रेसका रमेश भण्डारी ६६४ मतसहित विजयी भएका छन्। यस्तै, खुल्ला सदस्यमा चन्द्रलाल चौधरी, मीना चौधरी, महिला सदस्य हुमा गिरी र दलित महिला सदस्य लक्ष्मी परियार निर्वाचित भएका छन्।
यता दाङकै राप्ती गाउँपालिका वडा नम्बर ९ मा नेकपा माओवादी केन्द्रको प्यानल नै विजयी भएको छ। माओवादी केन्द्रबाट वडा अध्यक्षमा रिम बहादुर सुनारी मगर ३७६ मतसहित निर्वाचित भएका छन् ।
यस्तै, खुल्ला सदस्यमा दधिबहादुर बराल मगर, अलि मोहमद, महिला सदस्यमा अमिना खातुन र दलित महिला सदस्यमा तारा विक निर्वाचित भएका छन्।