बाजुरामा एमाले र कांग्रेस कार्यकर्ताबीच झडप, १२ राउण्ड हवाई फायर

धनगढी । बाजुराको हिमाली गाउँपालिकामा मतगणना सुरु गर्ने तयारी भइरहँदा एमाले र कांग्रेस कार्यकर्ताबीच झडप भएको छ । मत पेटिकाको सिल सम्बन्धमा विवाद उत्पन्न भएपछि दुई पक्षबीच झडप भइरहेको छ । दुवैतर्फबाट ढुंगामुढा प्रहार भइरहेको छ ।

प्रहरीले १२ राउण्ड हवाई फायर फायर गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख चतुर्भुज ओझाले बताए । सशस्त्र प्रहरी परिचालन गरेर स्थिती नियन्त्रणमा लिने प्रयास सफल भइरहेको छैन ।

कमेन्ट गर्नुहोस्