मत बराबर भएपछि गाेलाप्रथा हुँदा माओवादी उम्मेदवार विजयी

रोल्पा । रोल्पाको एक स्थानीय तहको वडामा दुई उमेदवारको मत वरावर भएपछि गोलाप्रथाद्वारा अन्तिम परिणाम सार्वजनिक गरिएको छ ।

रोल्पा नगरपालिका वडा नं. २ मा नेपाली कांग्रेसका देउचन घर्तीमगर र नेकपा माओवादी केन्द्रका प्रकाश डाँगी वीच बराबर मत आएपछि गोला प्रथाद्वारा अन्तिम मत सार्वजनिक गरिएको हो ।दुवै उमेदवारले ५४३ मत प्राप्त गरेपछि भएको गोला प्रथावाट नेकपा माओवादी केन्द्रका प्रकाश डाँगी विजयी भएका छन् ।

कमेन्ट गर्नुहोस्