कांग्रेस महामन्त्री विश्वप्रकाशको गृहनगरमा एमालेको अग्रता

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको गृहनगर मेचीनगरपालिकामा एमालेले अग्रता लिएको छ ।

मेचीनगरको वडा नम्बर १ को २२८ मत गणना गर्दा नेकपा एमालेका उमेदवार गोपाल बुढाथोकीले ९७ मतका साथ अग्रता लिएका छन् । उनलाई काँग्रेसका इन्द्र बुढाथोकीले ८८ मतका साथ पछ्याइरहेका छन् ।

उपप्रमुखमा पनि एमालेकै अग्रता छ । एमालेबाट उपमेयरकी उमेदवार मीना उप्रेतीले १०० मत प्राप्त गरेकी छन् भने नेकपा माओवादीका प्रकाश भण्डारीले ४८ मत प्राप्त गरेका छन् । मेचीनगरमा काँग्रेस र माओवादी केन्द्रको तालमेल रहेको छ ।

कमेन्ट गर्नुहोस्