गुल्मीको रेसुंगा नगरपालिकाको मेयर र उपमेयरमा कांग्रेस विजयी

गुल्मीको रेसुंगा नगरपालिकाको मेयरमा कांग्रेस उम्मेदवार खिलध्वज पन्थी विजयी भएका छन् । उनले ८ हजार ६ सय १४ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

उनको निकटतम प्रतिद्वन्द्व एमालेका उम्मेदवार ७ हजार ३ सय २० मत प्राप्त गरे ।

त्यस्तै उपमेयरमा पनि कांग्रेस उम्मेदवार अमृतादेवी कुँवर विजयी भएकी छन् । उनले ८ हजार ६ सय १९ मत प्राप्त गरेकी छिन् । उनको प्रतिस्पर्धी एमाले उम्मेदवार रिता पाण्डेले ७ हजार २ सय ३१ मत प्राप्त ल्याएकी छिन् ।

रेसुंगाको १४ वडा मध्ये १० वटा वडामा कांग्रेस र ४ वटा वडा एमाले उम्मेदवार विजयी भएका छन् । २०७४ को स्थानीय तह निर्वाचनमा मेयर, उपमेयर दुवै पदमा एमाले उम्मेदवार विजयी भएका थिए ।

रेसुंगा नगरपालिकाका १४ वडामध्ये कांग्रेसले १० र एमालेले ४ वडामा अध्यक्ष पद जितेका छन् । कांग्रेसका तर्फबाट वडा नं। २ मा हिराबहादुर थापा, ३ मा बाबुराम खत्री, ४ मा लीलाधर आचार्य, ५ मा दुर्गाप्रसाद खनाल, ७ मा रामजीप्रसाद पन्थी, ९ मा कृष्णप्रसाद पाण्डे, १० मा रामबहादुर बस्नेत, १२ मा चेहरसिं टन्डन क्षेत्री, १३ मा हुमबहादुर बस्नेत र वडा नं। १४ मा धनबहादुर पुन विजयी भएका छन् ।

त्यस्तै एमालेबाट वडा नं। १ मा रामप्रसाद पन्थी, ६ मा गनबहादुर गुरुङ, ८ मा निरञ्जन थापा र ११ मा खुमबहादुर राना विजयी भएका छन् ।

प्रकाशित स् वैशाख ३१, २०७९ २२स्२३

कमेन्ट गर्नुहोस्