दैलेखको नौमुले अध्यक्षमा माओवादी केन्द्रका सुवेदी विजयी

दैलेखको नौमुले गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका छविराम सुवेदी विजयी भएका छन् । उनले ३२ सय मत ल्याएर अध्यक्षमा विजयी भएका हुन् ।

उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भदे बुढा मगरले २५ सय ४४ मत प्राप्त गरे । एमालेका शशिराम विश्वकर्माले १९ सय २० मत ल्याए ।

यसैगरी उपप्रमुखमा एकीकृत समाजवादीका गंगबहादुर शाही विजयी भएका छन् । उनले २८ सय ३४ मत प्राप्त गरे । नेपाली कांग्रेसकी अमृता सिंहले २४ सय ५ र एमालेकी गीता चन्दले १९ सय १८ मत प्राप्त गरिन् ।

कमेन्ट गर्नुहोस्