भरतपुरमा मतान्तर बढाउँदै रेणु दाहाल

काठमाडौं । भरतपुर महानगरपालिकाको मेयर उम्मेदवार नेकपा माओवादी केन्द्रकी रेणु दाहालले मतान्तर बढाएकी छिन।

२ हजार ५ सय ८१ मत गणना हुँदा उनकाे ९ सय ८० मत छ । उनलाई पछ्याई रहेका नेकपा एमालेका मेयर उम्मेदवार विजय सुवेदीले ८ सय ७१ मत प्राप्त गरेका छन।

सत्ता गठबन्धनलाई चुनौती दिंदै स्वतन्त्र उम्मेदवारी दिएका नेपाली कांग्रेसका जगन्नाथ पौडेलले भने ३ सय २६ मत प्राप्त गरेका छन् ।

कमेन्ट गर्नुहोस्