महोत्तरीको गौशालामा माओवादी र जसपाबीच कडा प्रतिष्पर्धा

महोत्तरीको गौशाला नगरपालिकामा नेकपा माओवादी केन्द्र र जनता समाजावदी पार्टी (जसपा) बीच कडा प्रतिष्पर्धा देखिएको छ।

११ सय ८९ मतको नतिजामा नेकपा माओवादी केन्द्रबाट मेयर पदका उम्मेदवार विष्णुबहादुर योञ्जनले २६२ मत पाएका छन् भने जसपाका दिपेन्द्र महतोले २५६ मत ल्याएका छन्। त्यसैगरी माओवादीबाट उपमेयर पदका उम्मेदवार जनक दुलारी साहले २५० र जसपाकी रेणुकुमारी महतोले २६३ मत प्राप्त गरेकी छिन्।

यस्तै लोकतान्त्रिक समाजवादी पार्टीका देवनारायण महतोले २०८ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका अजय कुशवाहाले १५३ र नेपाली कांग्रेसका बसन्तकुमार गुरूङले १५२ मत पाएका छन्।

कमेन्ट गर्नुहोस्