पोखरा महानगरपालिकामा गठबन्धन उम्मेदवार धनराज आचार्यकाे अग्रता कायमै

पोखरा महानगरपालिकाको मेयर पदमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यले अग्रता कायमै राखेका छन्।

१ हजार ६०० मत गणना हुँदा आचार्य एमालेका उम्मेदवार कृष्ण थापाभन्दा ३० मत अन्तरले अगाडि छन्।

आचार्यले ६१३ मत पाउँदा थापाले ५८३ मत पाएका छन्। राप्रपाका शंकर खरालले ९८ र गनेस पौडेलले ३६ मत पाएका छन्।

उपमेयरमा नेपाली कांग्रेसकी कोपिला रानाभाटको अग्रता कायमै छ । रानाभाटले ७१६ मत पाउँदा एमालेकी उम्मेदवार मञ्जु गुरुङले ५८३ मत पाएकी छन् ।
राप्रपाकी उम्मेदवार रञ्जिता सेनको पक्षमा ८२ मत परेको छ ।

कमेन्ट गर्नुहोस्