५ हजार मतगणना हुँदा यस्तो छ बेलौरीको अवस्था

बेलौरी । बेलौरी नगरपालिकामा नेकपा माओवादीको अग्रता कायमै छ । पालिकाको वडा नं. १ र १० को ५१७८ मतगणना गर्दा अहिलेसम्मको परिणाम अनुसार, नेकपा माओवादी केन्द्रले प्रमुख र उपप्रमुखसहित सबै पदमा अग्रता कायम गरेको छ । माओवादीले वडा नं. १ मा प्यानल नै जितेको छ । वडा नं. १० को आधिकारिक परिणाम अझै घोषणा गरिएको छैन । पालिकामा कुल १० वडा रहेका छन् । यहाँ माओवादीको प्रतिष्पर्धा एमालेसँग देखिएको छ ।

मेयरमा
नेकपा माओवादी केन्द्र – 1922 (पाेतिलाल चाैधरी)
नेकपा एमाले – 1497 (कमला बाेहरा)
नेपाली काँग्रेस – 937 (हरेन्द्र सिंह विष्ट)
नाेट:- माओवादी केन्द्र, एमाले भन्दा 425 मतले अगाडि
उप-मेयर
नेकपा माओवादी केन्द्र – 1726 ( मञ्जु शाही )
नेकपा एमाले – 1563 (जाेगराम चाैधरी)
नेपाली काँग्रेस -1030 ( खिना भण्डारी कुवँर)
नाेट : माओवादी केन्द्र एमाले भन्दा 163 मतले अगाडि
साथै कुल बदर मत – 118
कुल मत गणना सङ्ख्या – 5167
धन्यवाद ।

कमेन्ट गर्नुहोस्