भरतपुर महानगरमा ३१६८ मत गन्दा मेयरमा ३ सय मत बदर

भरतपुर । भरतपुर महानगरपालिकाको मतगणना जारी रहेको छ। आइतबार बिहानसम्म ३१६८ मत मतगणना सकिँदा बदर मत पनि बढेको छ । हालसम्म मेयरमा ३०० मत बदर भएको छ ।

उपमेयरमा २२४ मत बदर भएको छ । मतगणनाको अपडेट गणनास्थलबाट निर्वाचन अधिकृतको कार्यालयले समयसमयमा जानकारी गराउँदै आएको छ । पछिल्लो मतगणनाअनुसार मेयरमा रेनु दाहालले अग्रता बनाइरहेकी छन् ।

कमेन्ट गर्नुहोस्