हेटौंडामा सत्ता गठबन्धनले पुनः लियाे अग्रता

हेटौंडामा सत्ता गठबन्धनले पुनः अग्रता लिएको छ। सत्ता गठबन्धनका तर्फबाट एकीकृत समाजवादीकी मिना कुमारी लामाले १५८९ मत मतसहित अग्रता लिएका छन्।

उनलाई नेकपा एमालेका अनन्त पौडेलले १५५० मत ल्याएर पछ्याइरहेका छन्। पौडेललाई राप्रपाका दिपक बहादुर सिंहले १४१४ मतसहित कडा टक्कर दिइरहेका छन्।

यस्तै उपमेयरतर्फ सत्ता गठबन्धनले अग्रता बढाएको छ। गठबन्धनका उम्मेदवार कांग्रेस नेता राजवेश बानियाँले २२६३ मत ल्याएका छन्। उनलाई एमालेकी उम्मेदवार सुमित्रा काफ्लेले १८९१ मत ल्याएर पछ्याइरहेकी छन्।

राप्रपाकी उपमेयर उम्मेदवार ईन्दिरा न्यौपानेले ३९० मत पाएकी छन्।

कमेन्ट गर्नुहोस्