सिराहा। सिराहाको अर्नमा गाउँपालिका– १ बाट माओवादी केन्द्रले विजयी सुरुवात गरेको छ। आइतबार बिहान सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार माओवादी केन्द्रका गफार मियाँ ९ सय १० मतसहित वडाध्यक्षमा विजयी भएका छन्।
मियाँसहित उनको प्यानलै विजयी भएको हो। उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका मुस्ताक राइनले ८ सय ४२ मत प्राप्त गरेका छन्। ०७४ सालको निर्वाचनमा समेत वडाध्यक्ष पदमा निर्वाचित मियाँ यसपटक एक सय ८६ मत बढी ल्याएर वडाध्यक्ष निर्वाचित भएका हुन्।