वाग्लुङ ताराखोला गाउँपालिकामा माओवादी केन्द्रकाे प्यानल विजयी

वाग्लुङ । बागलुङ जिल्ला ताराखोला गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका उमेदवार धन बहादुर बिक “हिमाल” नेतृत्वको सम्पुर्ण प्यानल सहित विजयी भएको छ । आइतबार बिहान सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार माओवादी केन्द्रबाट उम्मेदवार बनेका हिमाल विजयी भएका छन्।
विकले २ हजार २ सय ८५ मत पाएका हुन्।

उनले स्वतन्त्र उम्मेदवार प्रकाश घर्तीलाई हराएका हुन्। घर्तीले २०९० मत पाएका छन्।

२०७४ को स्थानीय तह निर्वाचनमा अध्यक्ष जितेका प्रकाशले यस पटक टिकट नपाएपछि बागी उम्मेदवारी दिएका थिए।

कमेन्ट गर्नुहोस्